Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

जंगली हात्तीको आक्रमणबाट २० वर्षे युवकको मृत्यु

जंगली हात्तीको आक्रमणबाट २० वर्षे युवकको मृत्यु


  • 3.8K
    Shares

    जंगली हात्तीको आक्रमणबाट २० वर्षे युवकको  मृत्यु
    images

    मोरङ । जंगली हात्तीको आक्रमणबाट मोरङको सुनवर्षीमा शुक्रबार बिहान एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवर्षी नगरपालिका-८ हर्चनगडी कुडेलीका २० वर्षीय मनोहर मिया रहेको इलाका प्रहरी कार्यलय रंगेलीले जनाएको छ । 

    भारतबाट सिक्टी क्षेत्र हुँदै एकाबिहानै आएको जंगली हात्तीले गाउँमा आतंक मच्याएपछि फोटो खिच्न पुगेका मियालाई हात्तीले आक्रमण गरी घाइते बनाएको प्रहरी निरीक्षक अनमोल खड्काले बताए । 

    आक्रमणबाट अचेत भई घाइते भएको मियाको उपचारको क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार गर्दा डाक्टरले मृत्यु भएको जानकारी गराएका थिए । स्थानीयलाई आतंकित बनाएको जंगली हात्ती हाल रतुवामाईस्थित बक्राह खोला नजिक रहेको बताइएको छ । 

    प्रकाशित मिति :आषाढ ४ २०७८ शुक्रवार - ११:१३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij