Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

बिहेका लागि कर गर्न थालेपछि एक युवाले गरे प्रेमिकाको बिभत्स हत्या

बिहेका लागि कर गर्न थालेपछि एक युवाले गरे प्रेमिकाको बिभत्स हत्या


  • 6.0K
    Shares

    बिहेका लागि कर गर्न थालेपछि एक युवाले गरे प्रेमिकाको बिभत्स हत्या
    images

    मोरङ । मोरङमा प्रेमिकाले बिहेको लागि कर गर्न थालेपछि एक युवाले प्रेमिकाको बिभत्स ढंगले हत्या गरेको घटना सार्वजनिक भएको छ । हत्याको डेढ महिनापछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो ।

    रतुवामाई नगरपालिका–६ कपरसुकाका ३१ वर्षीय सुफल हस्दाले प्रेमिका कानेपोखरी गाउँपालिका–१ होक्लाबारी घर भएकी ३० वर्षीया सरीता सोरेनको हत्या गरेका हुन् । सुफल र सरीता दुबै बिवाहित भएका प्रहरीले जनाएको छ ।

    तीन वर्षअघि नै पतिको निधन भएपछि एकल जीवन बिताउँदै आएकी सरीता एक सन्तानकी आमा हुन् भने सुफलका घरमा दुईवटी पत्नी रहेका प्रहरीले जनाएको छ ।

    मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार गएको वैशाख १९ गते एकान्तमा भेटघाट हुँदा सरीताले बिहेका लागि कर गरेपछि सुफलले कुटपिट गर्दै घाँटी थिचेर उनको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । हत्यापछि फरार रहँदै आएका सुफललाई प्रहरीले बुधबार सुदूरपश्चिमको कञ्चनपुरबाट पक्राउ गरेर मोरङ ल्याएको छ ।

    सरीता आफन्तको बिहेमा जानभन्दै वैशाख १७ गते घरबाट हिँडेकी थिइन्। त्यसको दुई दिनपछि उनको शव रतुवामाई–६ स्थित मकैबारीमा फेला परेको थियो । अनुहार, घाँटी र शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा महिलाको बीभत्स शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । अनुसन्धानका क्रममा त्यो शव सरीताको भएको खुलेको थियो ।

    एसपी खड्काका अनुसार घटनापछि फरार भएका सुफल लुकिछिपी भारततिर जाने योजनासहित कञ्चनपुर पुगेका थिए । निकै ठूलो मिहिनेतपछि उनलाई पक्राउ गर्न प्रहरी सफल भएको एसपी खड्काले बताए ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानबाट विगत छ महिनाअघिदेखि सुफल र सरीताबीच प्रेम सम्बन्ध रहँदै आएको थियो । प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न सरीताले कर गर्न थालेपछि दुई जनाबीच वादविवाद सुरु भएको पाइएको छ ।

    सरीताका श्रीमानको तीन वर्षअघि नै मृत्यु भइसकेको छ । प्रहरीका अनुसार सरीताका श्रीमान र सुफल दुबै ट्रयाक्टर चालक र चिनजानका साथी थिए । साथीको मृत्यु भएपछि पुरानै चिनजानका आधारमा सुफल सरीतासँग नजिकिएका थिए ।

    आफूलाई बिहेका लागि दबाब दिएकाले सरीताको हत्या गरेको बयान सुफलले प्रहरीलाई दिएका छन् । सरीतासँग अवैध सम्बन्ध राख्दै आएका सुफलले भने त्यसअघि नै दुईवटा बिहे गरिसकेको पाइएको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :आषाढ ४ २०७८ शुक्रवार - १०:३८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij