२०८२ माघ १५ गते बिहिवार
काठमाडौँ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बाढी पहिरोले क्षतिग्रस्त मनाङ प्रस्थान गरेका छन् ।
औषधी, खाद्य सामग्री, टेन्टलगायतका सामग्री लिएर मुख्यमन्त्री पोखरेल, मनाङकै प्रदेश सभा सदस्य, मन्त्री राजीव गुरुङ (दिपक मनाङे)सहितको टोली मनाङ गएको हो । गृहमन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमा उनीहरू मुस्ताङ गएका हुन् ।
मनाङमा मर्स्याङ्दी नदी उर्लिँदा धारापानी, ताल गाउँमा धेरै क्षति भएको छ । त्यस्तै घट्टेखोलालगायत साना खोलामा बाढी आउँदा मनाङ सदरमुकाम चामेमा पनि बाढीले ठूलो क्षति पुर्याएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij