२०८२ कार्तिक १८ गते मंगलवार
                                                    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएको भीषण बाढीका कारण हालसम्म एक जनाको मृत्यु भएको छ भने अन्य २० जना बेपत्ता भएका छन् ।
सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार ६ विदेशी नागरिकसहित २० जना हराइरहेका छन् । तिनमा ३ जना भारतीय र ३ जना चिनियाँ नागरिक छन् ।
विज्ञप्तिअनुसार बेपत्ता भएकाहरूमा हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, ६६ वर्षीया टीकामाया खड्का, ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, हेलम्बु–३ की ५० वर्षीया साइली तामाङ, ६ का ५० वर्षीया च्याङा तामाङ र ४२ वर्षीया काली तामाङ छन् ।
यसैगरी चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, त्रिपुरासुन्दरी गाउँपालिका–१ का १९ वर्षीय विमल खत्री, १७ वर्षीय राम थापा, १६ वर्षीय सुवास जिरेल, १६ वर्षीय कमल खत्री, रेसमलाल साकी र हेमराज घिमिरे बेपत्ता छन् ।
यस्तै भारतीय नागरिक कमललोचन महतो, विजय वासुमन्तरी र जिनडाऔ वासुमन्तरी तथा चिनियाँ नागरिक सन यु चुवान, यु चि झु र गोड टियान छियो बेपत्ता छन् । बुधबार बिहान बाढीमा मृत भेटिएका चिनियाँ पुरुषको अझै सनाखत हुन सकेको छैन ।
क्षतिको विस्तृत विवरण तल :



                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij