२०८२ कार्तिक १८ गते मंगलवार
                                                    काठमाडौँ । निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनामा सामान ढुवानी गर्ने टिपर भीरबाट खस्दा एक जनाको मृत्यु भएको छ ।
संखुवासभा चिचिला गाउँपालिका ३ स्थित पुखुवामा पाथीभरा कन्स्ट्रक्सनद्वारा सञ्चालनमा रहेको बा.५ख १४० नम्बरको टिपर भीरबाट खसेको हो ।
दुर्घटनामा टिपरमा सवार धनकुटाका २२ वर्षीय दिपेश भट्टराईको मृत्यु भएको छ । टिपर चालक काभ्रेपलाञ्चोक भकुण्डेबेसीका २० वर्षीय नवराज श्रेष्ठ घाइते छन् ।
बुधबार बेलुका ९ बजे टिपरबाट ढुंगा अनलोड गर्ने क्रममा पछाडि सार्दा टिपर अनियन्त्रित भई भीरबाट अन्दाजी ३०० मिटर तल अरुण नदीको बगरमा झरेको थियो ।
घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी बेस पुखुवा दोभानबाट खटिएको प्रहरीले घाइतेको उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल खाँदबारीतर्फ पठाएको छ ।
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij