२०८२ कार्तिक १८ गते मंगलवार
                                                    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बाढीपीडित मनाङको अवलोकन गर्न जाने भएका छन् ।
गण्डकी प्रदेशस्तरीय प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकको निर्णयअनुसार टोलीसहित मुख्यमन्त्री पोखरेल मनाङको बाढीपीडित बस्तीमा जाने भएका हुन् । समितिका अध्यक्ष मुख्यमन्त्री पोखरेल आफैं हुन् ।
यसैगरी बैठकले विपदमा परेकाहरूको उद्धार तथा तिनलाई राहतका लागि प्रदेश तथा जिल्लाका सुरक्षाकर्मी, जनप्रतिनीधि, सरकारी तथा गैरसरकारी कार्यालयलाई निर्देशन दिएको छ ।
यस्तै बैठकले वर्षाका कारण अवरुद्व सडक तत्काल मर्मत गरी खुलाउन भौतिक तथा पूर्वाधार मन्त्रालयलाई बजेट व्यवस्था गर्न निर्देशन दिएको मुख्यमन्त्रीको कार्यालयकी सचिव इन्दु घिमिरेले जानकारी दिइन् ।
उनका अनुसार विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तत्काल बनाई कार्यान्यवन गर्ने तथा प्रदेशस्तरीय विपद् कोष नियमावलीअनुसार कम्तीमा ५ करोड रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय पनि बैठकले गरेको छ ।
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij