Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

मध्यराति गोली प्रहार गरी सुनचाँदी पसलमा लुटपाट, ५ जना घाइते

मध्यराति गोली प्रहार गरी सुनचाँदी पसलमा लुटपाट, ५ जना घाइते


  • 7.3K
    Shares

    मध्यराति गोली प्रहार गरी सुनचाँदी पसलमा लुटपाट, ५ जना घाइते
    images

    महोत्तरी । महोत्तरीमा गोली प्रहार गरी डाकाहरुको समूहले लाखौंको लुटपाट गरि फरार भएका छन् ।

    डाकाहरुको आक्रमणबाट पाँच जना घाइते भएका छन् । सम्सी गाउँपालिका १ पर्साका विरेन्द्र साहको ज्वेलर्समा गए राति करिब १० जनाको संख्यामा आएका डाकाको समूहले लुटपाटसहित आक्रमण गरेको हो ।

    डाकाको गोली प्रहारबाट पसल संचालक ५० वर्षीय विरेन्द्र साह गम्भीर घाइते भएका छन् । उनको कम्मरमा गोली लागेको छ । जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि उनलाई धरान रेफर गरिएको प्रहरीले जनाएको छ ।

    डाकाहरुको घरेलु हतियार प्रहारबाट साहकी श्रीमती ४५ वर्षीय शुशीला देवी साह, छोरा २५ वर्षीय शम्भु साह, छोरी २० वर्षीया कंचन कुमारी साह र १७ वर्षीय छोरा राजिव साह घाइते भएका छन् । उनीहरुको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ ।

    साहले आफ्नै घरमा सुनचाँदी पसल संचालन गर्दै आएका थिए । पसलमा मध्यराति लुटपाट भएको हो । घरको पछाडीबाट पर्खाल नाघेर पसलभित्र प्रवेश गरेका डाकाहरुले कटुवा पेस्तोलसहित फलामको रड प्रयोग गरेर आक्रमण र लुटपाट गरेका पीडित परिवारले बताएका छन् ।

    डाकाहरुले २ लाख ३२ हजार मूल्य बराबरको १७२ तोली चाँदी, ४ लाख ६५ हजार मूल्य पर्ने पाँच तोला सुन र नगद २ लाख गरि झण्डै १० लाख रुपैयाँ बराबरको धनमाल लुटेर लगेका जिल्ला प्रहरी कार्यादय महोत्तरीले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ ३ २०७८ बिहिवार - ११:१४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij