२०८२ कार्तिक १८ गते मंगलवार
                                                    झापा । झापामा साथीले साथीकै हत्या गरेका छन् । झापाको मेचीनगर गाउँपालिका-५ अँधेरी निवासी शुक्रराज लिम्बुले सोही स्थानकै भीमराज लिम्बुको हत्या गरेका हुन् ।
प्रहरीले शुक्रराज लिम्बुलाई पक्राउ गरेको छ । आपसी झगडामा खुट्टामा बाँध्ने ब्यान्डेजले घाँटीमा बाँधेर हत्या गरेको लिम्बुले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्थानीय इँटाभट्टा छेउमा ब्यान्डेजले घाँटी बाँधेको र मुखबाट रगत आइरहेको अवस्थामा लिङ्देनको शव भेटिएको थियो । शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij