२०८२ माघ १५ गते बिहिवार
प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बु्हाङ लिम्बूले मंगलबार आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गरेका हुन्।
उक्त बजेट चालु आर्थिक वर्षको भन्दा आठ अर्ब ४३ करोड सात लाख रुपैयाँले न्यून हो। चालु आव २०७७र७८ को बजेट ४० अर्ब ८९ करोड ९९ लाख रुपैयाँको थियो।
आगामी आवका लागि विनियोजित बजेटमा चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख (४३.६ प्रतिशत) र पुँजीगततर्फ १५ अर्ब पाँच करोड ३५ लाख (४६.३) प्रतिशत छुट्याइएको उनले बताए।
यस्तै स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब २२ करोड ४२ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ तीन करोड रुपैयाँ विनियोजन गरिएको छ।
बजेटको स्रोतमा आन्तरिक राजस्वबाट चार अर्ब नौ करोड ७७ लाख, राजस्व बाँडफाँटबाट नौ अर्ब ८१ करोड ६६ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान आठ अर्ब ५६ करोड ७८ लाख, ससर्त अनुदानबाट पाँच अर्ब ९६ करोड ७७ लाख, समपुरक अनुदानबाट एक अर्ब १६ करोड ४८ लाख र विशेष अनुदानबाट ५९ करोड ३३ लाख रुपैयाँ व्यवस्था गरिने उनले बताए। यसबाट अपुग रकम नगद मौज्दातबाट दुई अर्ब र वैदेशिक अनुदानबाट २६ करोड १३ लाख रुपैयाँ जुटाउने लक्ष्य बजेटमा राखिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij