Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

कर्णाली प्रदेश : एमाले संसदीय दलको बैठक जारी, नीति तथा कार्यक्रमबारेको धारणासँगै बजेटबारे सल्लाह गर्ने

कर्णाली प्रदेश : एमाले संसदीय दलको बैठक जारी, नीति तथा कार्यक्रमबारेको धारणासँगै बजेटबारे सल्लाह गर्ने


  • 6.7K
    Shares

    कर्णाली प्रदेश : एमाले संसदीय दलको बैठक जारी, नीति तथा कार्यक्रमबारेको धारणासँगै बजेटबारे सल्लाह गर्ने

    सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक शुरू भएको छ । बैठक बिहान ८ बजे बस्ने भनिएकोमा समूहगत छलफलले ढिला भएको हो ।

    बैठकमा सर्वोच्चको आदेश अनुसार पुनर्वहाली भएकामध्ये सांसद प्रकाश ज्वाला पनि सहभागी छन् । नीति तथा कार्यक्रम पारित गर्ने र बजेट प्रस्तुत गर्ने समयमा चार सांसदको पुनर्वहालीले सदनमा एमाले सांसदको संख्या २० पुगेको छ । बैठकमा ज्वालाको उपस्थितिले एमाले कर्णालीका कार्यकर्ता पार्टी एक हुनेमा आशावादी बनेका छन् ।

    बैठकले सरकारको नीति तथा कार्यक्रमबारेको धारणासँगै बजेटबारे आवश्यक सल्लाह गर्ने प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए ।

    प्रकाशित मिति :आषाढ १ २०७८ मंगलवार - १३:१३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij