२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा करिब सात हजार महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्।
बुधबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस निर्वाचन समितिले असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनमा देशभरबाट करिब सात हजार प्रतिनिधि सहभागी हुने जानकारी दिएको हो।
कांग्रेसका अनुसार रसुवा, नुवाकोट र धादिङलगायत केही जिल्लाबाहेक देशभर करिब ८ लाख ७० हजार क्रियाशील सदस्य रहेका छन्। यही क्रियाशील सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोट हुनेछन्।
महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक तथा संगठनात्मक दिशासमेत तय गर्नेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij