Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कामना सेवाको २० औं वार्षिक साधारणसभाबाट १५ प्रतिशत लाभाशं पारित

कामना सेवाको २० औं वार्षिक साधारणसभाबाट १५ प्रतिशत लाभाशं पारित


  • 988
    Shares

    कामना सेवाको २० औं वार्षिक साधारणसभाबाट १५ प्रतिशत लाभाशं पारित
    images

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा मिति २०८३ साल भदौ ३१ गतेका दिन आम्रपाली बैंक्वेट, भाटभाटेनी, काठमाण्डौंमा सम्पन्न भएको छ ।

    बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट बैंकका अग्राधिकार शेयरधनीहरूले अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभाशं पारित गरेको छ । 

    साथै, उक्त साधारणसभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०८२\८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व. को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तिय विवरणसँग सम्बन्धीत अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ । त्यसै गरि सभाबाट बाह्रय लेखापरीक्षक एन.बि.एस.एम एण्ड एसोसिएट्सलाई नियुक्त गर्ने प्रस्ताव समेत पारित भएको छ । 

    साधारणसभामा सेयरधनी महानुभावहरुले राख्नु भएको जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए । शेयरधनी महानुभावहरुले राख्नुभएका जिज्ञासाको जवाफ दिनुहुदै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री दिनेश थकालीले निरन्तर रुपमा दोहोरो अंकमा लाभाशं वितरण गर्न सफल भएकोमा आगामी दिनहरुमा संस्थालाई दिगो र सवल बनाउन प्रतिबद्ध रहेको बताए । 

     

    प्रकाशित मिति :भाद्र ३१ २०८३ बुधवार - १६:२३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij