Logo

२०८३ भाद्र ३१ गते बुधवार

२०८३ भाद्र ३१ गते बुधवार

एथर नेपालको नेपालगन्जमा १५औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा

एथर नेपालको नेपालगन्जमा १५औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा


  • 1.5K
    Shares

    एथर नेपालको नेपालगन्जमा १५औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा
    images

    काठमाडौं । एथर नेपालको नेपालगन्जमा १५औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा

    काठमाडौं । विद्युतीय स्कुटर निर्माता एथर नेपालले पश्चिम नेपालको बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै नेपालगन्जमा १५औँ ‘एक्सपेरियन्स सेन्टर’ सञ्चालनमा ल्याएको छ।

    नेपालगन्जको बसपार्क रोड, न्यू रोड–२ मा स्थापना गरिएको नयाँ सेन्टरमार्फत ग्राहकले एथरका विद्युतीय स्कुटर, प्रविधि तथा विभिन्न सुविधाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्। सेन्टरमा स्कुटरको प्रदर्शनसँगै टेस्ट राइडको सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

    नेपालगन्जस्थित सेन्टरमा एथरका ४५० र रिज्टा मोडल उपलब्ध हुनेछन्। एथर ४५० लाई प्रदर्शन र प्रविधिमा केन्द्रित स्कुटरका रूपमा प्रस्तुत गरिएको छ भने रिज्टा दैनिक तथा पारिवारिक प्रयोगलाई लक्षित गरिएको कम्पनीको भनाइ छ।

    कम्पनीले आफ्ना स्कुटरमा ‘म्याजिक ट्विस्ट’, ‘इन्फिनिट क्रुज’ र ‘भ्वाइस इन्टरयाक्सन’ जस्ता प्रविधि उपलब्ध गराउँदै आएको जनाएको छ। यी सुविधाले स्कुटर चलाउँदा ब्रेकिङ, लामो दूरीको यात्रा तथा विभिन्न कमान्ड प्रयोगलाई सहज बनाउने कम्पनीको दाबी छ।

    एथर नेपालका अनुसार देशभर ५० भन्दा बढी फास्ट चार्जिङ लोकेसन र १० भन्दा बढी अधिकृत सर्भिस सेन्टर सञ्चालनमा छन्। ब्याट्री तथा स्वामित्वसम्बन्धी ग्राहकको विश्वास बढाउन ‘एथर एस्योरेन्स’अन्तर्गत दीर्घकालीन ब्याट्री वारेन्टीको सुविधा पनि उपलब्ध गराइएको छ।

    नेपालगन्जमा नयाँ सेन्टर सञ्चालनको अवसरमा कम्पनीले विशेष ‘ओपनिङ स्किम’ समेत सार्वजनिक गरेको छ। आगामी ३ असोज २०८३ सम्म लागू हुने योजनाअन्तर्गत नगद खरिदमा ८ वर्षको विस्तारित ब्याट्री वारेन्टी, ईएमआई खरिदमा शून्य प्रतिशत ब्याजदरमा वित्तीय सुविधा तथा एक्सचेन्जमा थप ८ हजार रुपैयाँको मूल्यांकन लाभ उपलब्ध हुने कम्पनीले जनाएको छ।

    नेपालगन्जमा सेन्टर विस्तारसँगै एथरले प्रमुख शहरबाहेक पश्चिम नेपालका ग्राहकलाई पनि विद्युतीय स्कुटर, चार्जिङ र बिक्रीपछिको सेवामा सहज पहुँच पुर्‍याउने लक्ष्य राखेको जनाएको छ।

    प्रकाशित मिति :भाद्र २८ २०८३ आइतवार - १६:४०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij