२०८२ माघ १५ गते बिहिवार
पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई आकस्मिक कक्ष (इर्मजेन्सी)मा भर्ना गरिएको छ । ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो ।
खनाललाई यसअघि कोरोना भएको थियो । कोरोनामुक्त भएपछि अस्पतालबाट घर फर्केर खनाल आराम गरिरहेका थिए ।
अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । ४-५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको थियो । उनको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल स्रोतले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij