Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रभु बैंकद्वारा बाढी प्रभावितलाई टेन्ट र स्लिपिङ ब्याग सहयोग

प्रभु बैंकद्वारा बाढी प्रभावितलाई टेन्ट र स्लिपिङ ब्याग सहयोग


  • 1.2K
    Shares

    प्रभु बैंकद्वारा बाढी प्रभावितलाई टेन्ट र स्लिपिङ ब्याग सहयोग
    images

    काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग उपलब्ध गराएको छ ।

    बाढीका कारण घरबारविहीन भएका तथा प्रभावित परिवारलाई थप सहयोग पुर्‍याउने उद्देश्यले बैंकले बिहीबार जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई उक्त राहत सामग्री हस्तान्तरण गरेको हो ।

    बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापक दीपेन्द्रबाबु विष्टले राहत सामग्री जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरे ।

    यसअघि पनि बैंकले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको थियो ।

    अकल्पनीय विपद्का कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति प्रभु बैंकले श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै सम्पर्कविहीन व्यक्तिको उद्धार तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायप्रति समवेदना व्यक्त गरेको छ ।

     

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - १६:४३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij