Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

राप्रपाले गर्‍यो ४४ जिल्लाको अधिवेशन

राप्रपाले गर्‍यो ४४ जिल्लाको अधिवेशन


  • 806
    Shares

    राप्रपाले गर्‍यो ४४ जिल्लाको अधिवेशन
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हालसम्म ४४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । पार्टीले आगामी महाधिवेशनलाई लक्षित गर्दै जिल्ला अधिवेशनलाई तीव्रता दिएको हो ।

    राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार हालसम्म ४४ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी जिल्लामध्ये अधिकांशमा पनि भदौ मसान्तभित्र अधिवेशन सम्पन्न गर्ने गरी मिति तय गरेर तयारी भइरहेको उनले बताए । उनका अनुसार बिहीबार भदौ २५ गते कालिकोट, भोजपुर, बारा र दोलखामा जिल्ला अधिवेशन हुँदैछ ।

    राप्रपाले यसअघि नै मंसिर २६, २७ र २८ गते पार्टीको महाधिवेशन गर्ने मिति घोषणा गरिसकेको छ । सोहीअनुसार पार्टीले भदौ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी तालिका बनाएको हो ।

    'भदौ मसान्तसम्म जिल्ला अधिवेशनहरू सम्पन्न गर्ने गरी तयारी भइरहेको छ । सोहीअनुसार अधिकांश जिल्लाको मिति टुंगो लागिसकेको छ,' उनले भने ।

    हालसम्म अधिवेशन सम्पन्न भएका जिल्लामा ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, इलाम, उदयपुर, झापा, मोरङ, सप्तरी, सिराहा, सर्लाही, पर्सा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर, चितवन, लमजुङ, मुस्ताङ, गोरखा, म्याग्दी, पर्वत, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपुर, कास्की, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रोल्पा, गुल्मी, पाल्पा, बर्दिया, कपिलवस्तु, दाङ, रुपन्देही, मुगु, हुम्ला, सल्यान, रुकुम पश्चिम, दैलेख, डोटी र बैतडी रहेका छन् ।

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - ११:११:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij