Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेपाल एसबिआई बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १.३१ करोड सहयोग

नेपाल एसबिआई बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १.३१ करोड सहयोग


  • 1.4K
    Shares

    नेपाल एसबिआई बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १.३१ करोड सहयोग
    images

    काठमाडौं । नेपाल एसबिआई बैंकले हालै आएकोे भोटेकोशी बा९ीबा६ प्रभावित ब्यक्ति तथा समुदायको सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एकतीस लाख रकम सहयोग प्रदान गरेको छ । 

    बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको रकम र कर्मचारीहरूको स्वेच्छिक सहयोगसहितको कुल रकमको चेक माननीय अर्थमन्त्री श्री स्वर्णिम वाग्लेलाई सिंहदरबार स्थित अर्थ मन्त्रालयमा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री राम कुमार तिवारीले हस्तान्तरण गरे । सो अवसरमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख संचालन अधिकृत, श्री बिकास आनन्द, प्रमूख वित्तिय अधिकृत, श्री राजेश कूमार पंडा, प्रमूख अन’पालन अधिकृत, श्री विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, श्री प्रविन मनि बजा्रचार्य तथा नेपाल सरकारका उच्च तहका कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

    यस पहलले विपद्को कठिन घडीमा प्रभावित समुदायसँग दृढतापूर्वक उभिँदै आवश्यक सहयोग उपलब्ध गराउने बैंकको सामाजिक उत्तरदायित्व र मानवीय कल्याण प्रतिको प्रतिबद्धतालाई थप सशक्त बनाएको छ । बैंकले मानवीय सेवा, सहानुभूति तथा ऐक्यबद्धताको भावनालाई आत्मसात् गर्दै, प्राकृतिक विपद्बाट प्रभावित समुदायहरूको पुनरुत्थान, पुनःस्थापना, तथा समग्र कल्याणमा सार्थक योगदान पु¥याउन र संकटको समयमा आवश्यक सहयोग निरन्तर उपलब्ध गराउन दृढ प्रतिबद्ध रहेको छ ।

    नेपाल एसबिआई बैंक लि.ले बिगत ३३ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - १०:५०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij