२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको औपचारिक तयारी सुरु गरेको छ। पार्टीले आगामी असोज १६, १७, १८ र १९ गते काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गर्ने यसअघि नै निर्णय गरिसकेको हो ।
अहिले कांग्रेसले प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा महाधिवेशनमा महाधिवेशनको उद्घाटन गर्नेगरी आवश्यक व्यवस्थापन थालेको छ । सोहीअनुसार कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार राष्ट्रिय सभागृहका प्रमुखलाई पत्र लेख्दै असोज १५ देखि असोज २० गतेसम्म ६ दिनका लागि हल उपलब्ध गराइदिन अनुरोध गरेका छन् ।
पार्टीले महाधिवेशनको तयारी, व्यवस्थापन र कार्यक्रम सञ्चालनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी हल, लबी, पार्किङ स्थल र बगैँचा उपलब्ध गराइदिन आग्रह गरेको हो।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij