Logo

२०८३ भाद्र ३१ गते बुधवार

२०८३ भाद्र ३१ गते बुधवार

हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य, सन्दीपको चार विकेट

हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य, सन्दीपको चार विकेट


  • 1.0K
    Shares

    हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य, सन्दीपको चार विकेट
    images

    काठमाडौं। मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ ।

    क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा जारी खेलमा हङकङले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ ।टस जितेर ब्याटिङ थालेको हङकङले ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन जोड्यो ।

    उसका लागि बाबर हयातले शतकीय इनिङ्स खेले । उनी ११७ रनमा अविजित रहे । यस्तै, शाहिद वसिफले ४५, जिशन अलीले १५ रन जोड्दा एहसान खान ३५ रनमा नटआउट रहे ।

    बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार तथा यस्तै, शेर मल्लले तीन विकेट लिए । यस खेल जितेमा नेपाल समूह विजेता बन्ने छ । जारी प्रतियोगितामा तीन खेल खेलिसकेको नेपाल अपराजित छ । नेपाल ताजा स्थितिमा छ अङ्कसहित तालिकाको शीर्षस्थानमा छ ।

    नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनविरुद्ध ७ विकेट, आयोजक मलेसियाविरुद्ध ६ विकेट तथा साउदी अरेबियाविरुद्ध ५ विकेटको जित निकालेको थियो ।

    प्रकाशित मिति :भाद्र २३ २०८३ मंगलवार - ११:१३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij