Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

आजदेखि काठमाडौं महानगरमा भेरोसेल खोप लगाइँदै, यी हुन् खोप केन्द्र

आजदेखि काठमाडौं महानगरमा भेरोसेल खोप लगाइँदै, यी हुन् खोप केन्द्र


  • 8.0K
    Shares

    आजदेखि काठमाडौं महानगरमा भेरोसेल खोप लगाइँदै,  यी हुन् खोप केन्द्र

    काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेकाहरूका लागि आज (सोमबार)देखि खोप अभियान सञ्चालन गरिने भएको छ ।

    महानगरपालिकाका अनुसार भेरोसेलको पहिलो मात्रा लगाउन छुटेका खासगरी ६० र ६१ वर्ष उमेरका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

    तर यस क्रममा यसअघि भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोरोना संक्रमितको जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नर्स र प्यारामेडिक विद्यार्थी स्वास्थ्यकर्मीले पनि खोप लगाउन पाउनेछन् ।

    महानगरपालिकाको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार खोप वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पताल गएर लगाउन सकिनेछ ।

    खोप बिहान १० देखि दिउँसो ४ बजेसम्म लगाउन पाइने महानगरपालिकाले जनाएको छ ।

    हेर्नुहोस्, खोप लगाउनेबारे सूचना :

    ve.jpg

     

    प्रकाशित मिति :जेठ ३१ २०७८ सोमवार - १०:२३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij