Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बागमतीका तीन सांसदलाई राप्रपाले सोध्यो स्पष्टीकरण

बागमतीका तीन सांसदलाई राप्रपाले सोध्यो स्पष्टीकरण


  • 582
    Shares

    बागमतीका तीन सांसदलाई राप्रपाले सोध्यो  स्पष्टीकरण
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशका आफ्ना तीन जना सांसदहरूलाई पार्टीको निर्देशन विपरीत कार्य गरेको भन्दै स्पष्टीकरण सोधेको छ।

    पार्टीको केन्द्रीय अनुशासन समितिले बागमती प्रदेश सभा सदस्यहरू मोनिका श्रेष्ठ, नुरज बज्राचार्य र डम्बर तामाङलाई ७२ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र काटेको हो। भदौ १९ गते उनीहरूलाई उक्त पत्र काटिएपछि हालसम्म जवाफ भने प्राप्त नभएको राप्रपा स्रोतको भनाइ छ । 

    राप्रपाले बागमती प्रदेश सरकार निर्माण प्रक्रियामा सहभागी नहुन आफ्ना सांसदहरूलाई ुह्वीपु जारी गरेको थियो। तर, यी तीनै जना सांसदहरूले सो ह्वीपको उल्लङ्घन गर्दै सरकार निर्माण प्रक्रियामा सहभागी भई मतदान गरेका थिए।

    यसैगरी राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको भदौ १४ गतेको बैठकले संसदीय दलका नेता उद्धव थापालाई पदमुक्त र पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गरिसकेको अवस्थामा पनि उनीहरूले पार्टीको आधिकारिक नीति विपरीत कदम चालेको पार्टीको भनाइ छ। 

    तत्कालीन संसदीय दलका नेता उद्धव थापाले निजी लेटरप्याड प्रयोग गरी नेकपा एमालेका प्रदेश सभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्रीका लागि समर्थन दिएको र त्यसमा यी सांसदहरूको पनि साथ रहेको पाइएको पत्रमा उल्लेख छ।

    पार्टीको विधान २०४८ (संशोधन सहित २०७८) को दफा ३० (ङ) बमोजिम किन कारबाही (पदमुक्त र निलम्बन) नगर्ने भन्दै राप्रपाले उनीहरूलाई स्पष्टीकरण सोधेको हो। तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआएमा उनीहरूमाथि थप कारबाही प्रक्रिया अगाडि बढ्ने अनुशासन समितिले जनाएको छ।

    प्रकाशित मिति :भाद्र २१ २०८३ आइतवार - १४:५८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij