Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कांग्रेस कार्यसम्पादन समिति बैठक सुरु, वडा अधिवेशन सार्ने तयारी

कांग्रेस कार्यसम्पादन समिति बैठक सुरु, वडा अधिवेशन सार्ने तयारी


  • 904
    Shares

    कांग्रेस कार्यसम्पादन समिति बैठक सुरु, वडा अधिवेशन सार्ने तयारी
    images

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। बैठकमा पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका तथा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।

    बैठकले भदौ २४ गतेदेखि सुरु हुने तय भएको वडा अधिवेशनको मिति सार्ने तयारी गरेको छ। पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्दै महाधिवेशनलाई सहमतिका साथ अघि बढाउने प्रयासस्वरूप वडा अधिवेशन केही दिन पर सार्ने तयारी गरिएको हो।

    यसअघि कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत भदौ २४ गते वडा अधिवेशन, भदौ २७ गते गाउँ–नगर अधिवेशन र असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।

    सभापति गगन थापाले यसअघि पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग छुट्टाछुट्टै छलफल गरेका थिए। उनीहरूबीच पार्टीभित्रको विवाद समाधान र महाधिवेशनलाई एकताबद्ध रूपमा अघि बढाउने विषयमा छलफल भएको बताइएको छ।

    कार्यसम्पादन समितिको बैठकमा भोटेकोशी बाढीपछिको राहत तथा पार्टीको १५औँ महाधिवेशनसम्बन्धी विषय मुख्य एजेन्डाका रूपमा रहेको कांग्रेसले जनाएको छ।

    प्रकाशित मिति :भाद्र २१ २०८३ आइतवार - १४:२६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij