Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी

नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी


  • 1.4K
    Shares

    नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी
    images

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थित एनआइबिएल इक्विटी पार्टनर्सले नेपालकै पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा लगानी गर्ने भएको छ । 

    इक्विटी पार्टनर्स र इन्सेसन्ट रेन स्टुडियोजले विश्वव्यापी दर्शकहरूका लागि नेपालमै निर्माण भइरहेको, यो मौलिक चलचित्रमा लगानीका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यो लगानीले नेपालमा चलचित्रको निर्माण तथा यससँग सम्बन्धित विभिन्न गतिविधिहरूलाई सहयोग पु¥याउने एनआइबिएल इक्विटी पार्टनर्सले जनाएको छ ।

    इन्सेसन्ट रेन स्टुडियोजले ‘लस्ट इन मण्डला’ चलचित्रको सह–निर्माण गर्न स्थापित लस्ट इन मण्डला एलएलसीसँग मिलेर यस परियोजनामा काम गरिरहेको छ । प्रस्तावित कारोबार सम्झौताअन्तर्गत, एनआइबिएल इक्विटी पार्टनर्सले इन्सेसन्ट रेन स्टुडियोजसँग रु. १० करोडसम्म लगानी गर्ने योजना बनाएको छ ।

    एनआइएमबि एस क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सिवान्त बहादुर पाण्डेका अनुसार यो साझेदारीले नेपालको एनिमेसन उद्योगलाई प्रोत्साहन गर्ने र विश्व मानचित्रमा उभ्याउने उद्देश्य राखेको छ । उनले आफ्नै देशका विश्वव्यापी सम्भावना बोकेका मौलिक कला तथा बौद्धिक सम्पत्तिलाई समर्थन गर्नु अपरिहार्य रहेको, र यो साझेदारीले त्यसैलाई जोड दिएको बताए । साथै, चलचित्र ‘लस्ट इन मण्डला’ एक महत्वाकांक्षी र मौलिक परियोजना रहेको, जसको निर्माणमा देशभित्रैबाट हुने स्थानीय सहयोगले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

    यसअघि पनि कम्पनीले ‘लस्ट इन मण्डला’ लाई सहयोग गरेको एनआइएमबि एस क्यापिटलले जनाएको छ । जसअन्तर्गत क्यापिटलले यो परियोजनाको लागि कोष संकलनका पहलहरूमा साथ दिएको थियो भने क्युएफएक्समा एक विशेष समारोह आयोजना गर्दै आमन्त्रित सहभागी तथा लगानीकर्ताहरूलाई ‘लस्ट इन मण्डला’ औपचारिक रूपमा प्रस्तुत गरेको कम्पनीले उल्लेख गरेको छ । ‘लस्ट इन मण्डला’ एउटा एनिमेटेड फेन्टासि एड्भेन्चर चलचित्र हो, जसको सिर्जना र निर्देशन किरण भक्त जोशीले गरेका छन् । चलचित्रकी निर्माता भने दीपा चिपालु जोशी हुन् ।

    यो चलचित्र हिमालय क्षेत्रका आध्यात्मिक परम्पराहरू, पौराणिक कथाहरू र मनमोहक प्राकृतिक दृश्यहरूबाट प्रेरित छ । नेपालका कथाहरूलाई विश्वसामु देखाउने दृष्टिकोणका साथ बनाइएको यस चलचित्रले विश्वस्तरीय एनिमेसन माध्यममा अपनत्व, मित्रता, करुणा र आत्म-अन्वेषणका विषयवस्तुहरूलाई उजागर गर्दछ । चलचित्रको पटकथा (स्क्रिप्ट), ‘थोर’, ‘एक्स-मेनः फस्र्ट क्लास’, नेटफ्लिक्सको ‘जुरासिक वल्र्डः क्याम्प क्रेटासियस’ आदिमा काम गरिसकेका विख्यात पटकथा-लेखक ज्याक स्टेन्ट्जले लेखेका हुन् ।

    यस साझेदारीसँगै, एनआइबिएल इक्विटी पार्टनर्सले चलचित्र ‘लस्ट इन मण्डला’ को निर्माणमा निरन्तर सहयोग गर्ने र विश्वभरका दर्शकमाझ पु¥याउने सहयोग गर्ने लक्ष्य राखेका छन् ।

    प्रकाशित मिति :भाद्र १८ २०८३ बिहिवार - १६:५०:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij