Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

दैनिक सात हजार सिलिन्डर भर्ने अक्सिजन प्लान्ट खुल्दै, प्रधानमन्त्रीले गरे भर्चुअल माध्यमबाट शिलान्यास

दैनिक सात हजार सिलिन्डर भर्ने अक्सिजन प्लान्ट खुल्दै, प्रधानमन्त्रीले गरे भर्चुअल माध्यमबाट शिलान्यास


  • 5.4K
    Shares

    दैनिक सात हजार सिलिन्डर भर्ने अक्सिजन प्लान्ट खुल्दै, प्रधानमन्त्रीले गरे भर्चुअल  माध्यमबाट शिलान्यास

    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार भर्चुअल माध्यमबाट लिक्विड अक्सिजन प्लान्टको शिलान्यास गरेका छन्। 

    रुपन्देहीको सिमरहवामा निर्माण गर्न लागेको प्लान्टबाट प्रतिदिन ६० मेट्रिक टन अक्सिजन उत्पादन हुने जनाइएको छ। यसबाट सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिनेछ।

    शिलान्यास कार्यक्रमलाई प्रधानमन्त्री निवास बालुवाटारबाटै सम्बोधन गर्दै उनले कोभिड–१९ महामारीको दोस्रो लहर शुरू भएपछि अक्सिजनको तीव्र अभाव व्यहोरेको नेपालका लागि प्लान्टको स्थापना खुशीको विषय भएको बताए। 

    कोभिड–१९ सिर्जित विकट परिस्थितिले यस कार्यमा प्रेरित गरेको पनि प्रधानमन्त्रीले बताए। “दोस्रो लहरले हामीलाई एक्कासि अक्सिजनको अभाव, सिलिन्डरको अभाव आदिले ग्रस्त बनायो। त्यतिबेला हामीले महँगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौं,” उनले भने। 

    सरकारले देशभित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राख्दै हरेक एक सय शय्याभन्दा बढी भएका अस्पतालले अनिवार्य रूपमा आफैंले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था समेत ल्याएको प्रधानमन्त्री ओलीले बताए। 

    प्रकाशित मिति :जेठ ३० २०७८ आइतवार - १६:२२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij