२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढीपहिरो पीडितको उद्धार तथा राहत वितरणका लागि छुट्टै संयन्त्र नबनाई सरकारलाई नै सघाउने निर्णय गरेको छ।
बिहीबार बसेको सचिवालय बैठकले पार्टी कार्यालयमा संकलित राहत सामग्री सरकारको एकद्वार प्रणालीमार्फत वितरण गर्ने निर्णय गरेको हो। त्यसका लागि सरकारले काठमाडौंमा तोकेका चार स्थानमा सामग्री बुझाउने तयारी गरिएको सचिवालय सदस्य लिमा अधिकारीले जानकारी दिइन्।
तत्कालीन उद्धार र राहतको काम सकिएपछि रास्वपाका जनप्रतिनिधि तथा केन्द्रीय सदस्यहरू पीडितको घरदैलोमा पुग्ने योजना पनि बनाइएको छ। प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी राहत तथा पुनर्स्थापनामा सहयोग गर्ने पार्टीले जनाएको छ।
बैठकमा विपद् व्यवस्थापनबारे अर्थमन्त्रीले सरकारका प्रयासबारे जानकारी गराएका थिए। यसैगरी, सभापतिबाट मनोनित पदाधिकारी तथा सचिवालय सदस्यहरूलाई शपथ गराइएको छ।
बैठकमा पार्टीका आन्तरिक प्राविधिक विषय, जिम्मेवारी हेरफेर र नयाँ प्रवक्ता तोक्नेलगायत विषयमा पनि छलफल भएको अधिकारीले बताइन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij