२०८३ भाद्र ३१ गते बुधवार
काठमाडौं । नेपालमा विद्युतीय सवारीप्रति आकर्षण बढिरहेका बेला एथर नेपालले आफ्नो उपस्थिति थप विस्तार गरेको छ । एथर नेपालको अधिकृत वितरक वैद्याज इनर्जी प्रालिले धरान–१, छाता चोकमा नयाँ Ather Experience Center सञ्चालनमा ल्याएको हो ।
भदौ १७ गते औपचारिक रूपमा उद्घाटन गरिएको नयाँ सेन्टरसँगै नेपालमा एथरका एक्सपिरियन्स सेन्टरको संख्या १३ पुगेको कम्पनीले जनाएको छ । सेन्टरको उद्घाटन धरानका कार्यवाहक मेयर ऐन्द्रविक्रम बेघा र सुनसरी उद्योग वाणिज्य संघका प्रमुख गोपाल श्रेष्ठको उपस्थितिमा गरिएको थियो ।
धरानमा नयाँ सेन्टर सञ्चालनमा आएसँगै पूर्वी नेपालका ग्राहकले एथरका विद्युतीय स्कुटर, प्रविधि तथा सेवाबारे प्रत्यक्ष जानकारी लिन र टेस्ट राइड गर्न सक्ने भएका छन् । एथरले काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, वीरगञ्ज र बिर्तामोडलगायतका शहरमा यसअघि नै आफ्नो उपस्थिति विस्तार गरिसकेको छ ।
४५० सिरिज र रिज्ताको टेस्ट राइड
धरानस्थित एक्सपिरियन्स सेन्टरमा ग्राहकले एथरको लोकप्रिय ४५० सिरिज तथा परिवारलाई लक्षित गरी तयार गरिएको Rizta हेर्न तथा टेस्ट राइड गर्न सक्नेछन् ।
त्यस्तै, धरानमा एथरको नयाँ 450X Overtone Series समेत उपलब्ध गराइएको छ । नयाँ पुस्ताको ४५० सिरिजमा प्रदर्शनसँगै प्रविधि र राइडिङ अनुभवलाई प्राथमिकता दिइएको कम्पनीको भनाइ छ ।
स्कुटरमा Magic Twist, Infinite Cruise र Voice Interactions जस्ता सुविधा उपलब्ध छन् । Magic Twist ले थ्रोटलमार्फत सहज रूपमा स्कुटरको गति घटाउन सहयोग गर्छ भने Infinite Cruise ले लामो दूरीको यात्रामा सहज क्रुजिङ अनुभव प्रदान गर्छ । Voice Interactions मार्फत राइडरले भ्वाइस कमान्डबाट स्कुटरसँग अन्तरक्रिया गर्न सक्नेछन् ।
Rizta भने आराम, व्यावहारिकता र परिवारको दैनिक आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको कम्पनीले जनाएको छ ।
उद्घाटनअघि नै २५ भन्दा बढी बुकिङ
धरानमा एक्सपिरियन्स सेन्टर औपचारिक रूपमा उद्घाटन हुनुअघि नै २५ भन्दा बढी बुकिङ प्राप्त भइसकेको कम्पनीले जनाएको छ । यसले धरान तथा आसपासका क्षेत्रमा प्रिमियम विद्युतीय स्कुटर र नयाँ प्रविधिप्रति ग्राहकको चासो बढिरहेको देखाएको कम्पनीको दाबी छ ।
सेन्टरको उद्घाटनलाई लक्षित गर्दै भदौ २३ गतेसम्म विशेष Opening Scheme समेत उपलब्ध गराइएको छ । ग्राहकले Extended Battery Warranty, ५० प्रतिशत डाउन पेमेन्टमा ० प्रतिशत ब्याजदर वा थप ८ हजार रुपैयाँको भ्यालुएसन बेनिफिटमध्ये कुनै एक सुविधा छनोट गर्न सक्नेछन् ।
८ वर्षसम्म ब्याट्री वारेन्टी
वैद्याज इनर्जीले नेपालमा एथरको बिक्रीसँगै ग्राहकको दीर्घकालीन स्वामित्व अनुभवलाई समेत प्राथमिकता दिएको जनाएको छ ।
एथरको Eight70 Battery Warranty अन्तर्गत ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध छ । कम्पनीका अनुसार यसमा ब्याट्री हेल्थ ७० प्रतिशत कायम रहने सुनिश्चितता दिइएको छ ।
त्यस्तै, वैद्याज इनर्जीले नेपालभर १० भन्दा बढी अधिकृत सर्भिस सेन्टर विस्तार गरिसकेको जनाएको छ । कम्पनीका अनुसार देशभर ५० भन्दा बढी फास्ट चार्जिङ ग्रिड निर्माण भइसकेका छन्, जहाँ उपयुक्त एथर स्कुटरलाई शून्यदेखि ८० प्रतिशतसम्म करिब ४५ मिनेटमा चार्ज गर्न सकिन्छ ।
धरानमा नयाँ एक्सपिरियन्स सेन्टर सञ्चालनलाई कम्पनीले नेपालमा विद्युतीय मोबिलिटीको पहुँच विस्तार गर्ने योजनाको अर्को महत्वपूर्ण कदमका रूपमा लिएको छ । बिक्री केन्द्रसँगै सर्भिस नेटवर्क र चार्जिङ पूर्वाधार विस्तार गरेर ग्राहकलाई पूर्ण स्वामित्व अनुभव दिने दिशामा काम भइरहेको वैद्याज इनर्जीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij