२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल अधिराज्य भरी सामान ढुवानी सेवा प्रदान गरिरहेको व्यवसायीहरूको छाता सङ्गठन ढुवानी व्यवसायी महासंघ नेपाल बिच महासंघमा आवद्ध सदस्यहरूको व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने कुनै पनि ब्राण्डको गाडी खरिद गर्न र व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने व्यावसायिक कर्जा लगानी गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र महासंघको तर्फबाट अध्यक्ष माधव प्रसाद नेपालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार महासंघमा आवद्ध सदस्यहरुले ढुवानीको लागि आवश्यक पर्ने गाडी खरिद गर्न र सो सम्बन्धी व्यवसाय सञ्चालनको लागि मुक्तिनाथ विकास बैंकले आफ्नो १७६ वटै शाखा कार्यालयबाट आकर्षक सहुलियत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने छ ।
यस सहकार्यबाट ढुवानी व्यवसायीहरूले आफ्नो सेवा विस्तारको लागि सहजरुपमा वित्तीय सेवा प्राप्त गर्न सक्ने तथा व्यवसाय विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै बैंकले हाल अटो कर्जा, कृषि र कर्जामा समेत न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्ने विशेष अफर ल्याएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij