Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोटेकोशी बाढीपीडितलाई एनएमबि बैंकको ३ करोड ५१ लाख सहयोग

भोटेकोशी बाढीपीडितलाई एनएमबि बैंकको ३ करोड ५१ लाख सहयोग


  • 1.4K
    Shares

    भोटेकोशी बाढीपीडितलाई एनएमबि बैंकको ३ करोड ५१ लाख सहयोग
    images

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत र पुनर्स्थापनाका लागि एनएमबि बैंकले आर्थिक सहयोग प्रदान गरेको छ  । 

    एनएमबि बैंक लिमिटेडले बाढी प्रभावितहरूको सहयोगार्थ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ३ करोड ५१ लाख रुपैयाँ जम्मा गरेको हो । बैंकका सञ्चालक समितिका अध्यक्षले सो रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।

    नगद सहयोगका अतिरिक्त बैंकले बाढी प्रभावित क्षेत्रका नागरिकहरूका लागि १० लाख रुपैयाँ बराबरको खाद्यान्न, औषधि र आवासका सामग्रीसहितको राहत सामग्री समेत प्रदान गरेको छ । 

    बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा जनधनको ठुलो क्षति हुनुका साथै सडक र जलविद्युत् आयोजनाहरूमा समेत गम्भीर असर परेको छ । बैंकले यो सहयोगबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पीडितको घाउमा मलम लाग्ने विश्वास लिएको छ । 

     

    प्रकाशित मिति :भाद्र १६ २०८३ मंगलवार - १८:२६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij