Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ट्रम्पका ‘ड्रोन म्यान’ले दिए राजीनामा

ट्रम्पका ‘ड्रोन म्यान’ले दिए राजीनामा


  • 743
    Shares

    ट्रम्पका ‘ड्रोन म्यान’ले दिए राजीनामा
    images

    काठमाडौं । अमेरिकी सेनाका सचिव ड्यान ड्रिस्कोलले राजीनामा दिएका छन् । पदमा बसेको करिब १८ महीनामै उनको यो राजीनामा आएको हो । रक्षामन्त्री पिट हेगसेथसँग महिनौँदेखि जारी विवाद र तनावपछि उनले पदबाट राजीनामा दिएको अमेरिकी सञ्चारमाध्यम सीबीएसले जनाएको छ । 

    ४१ वर्षीय ड्रिस्कोल अमेरिकी सेनाको इतिहासमा सबैभन्दा कम उमेरमा सचिव बनेका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा उनलाई उदीयमान सैन्य प्रविधि तथा ड्रोनको प्रयोगलाई प्राथमिकता दिने अधिकारीका रूपमा चिनिन्थ्यो ।

    ड्रिस्कोलले ट्रम्पको मेक अमेरिका स्ट्रङ अगेन अभियान अघि बढाउन प्रभावकारी भूमिका खेलेको र सैन्य कारबाहीका क्रममा उत्कृष्ट नेतृत्व प्रदान गरेको ह्वाइट हाउसले जनाएको छ । ड्रिस्कोल र हेगसेथबीचको विवादको विस्तृत कारण भने सार्वजनिक भएको छैन । सीबीएसका अनुसार ड्रिस्कोल अमेरिकी सेनाका पूर्वप्रमुख र्‍यान्डी जर्जका निकट मित्र हुन् । जर्जलाई पनि हेगसेथले राजीनामा दिन दबाब दिएको बताइएको छ ।

    ड्रिस्कोलको राजीनामा अमेरिकी सेनाका उच्च तहका अधिकारीहरूको पछिल्लो श्रृंखलाबद्ध बहिर्गमनमध्ये एक हो । यसअघि अप्रिलमा नौसेनाका सचिव जोन फेलनले अचानक पद छाडेका थिए । 

    प्रकाशित मिति :भाद्र १६ २०८३ मंगलवार - १४:४३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij