२०८३ आश्विन १ गते बिहिवार
काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीका कारण भएको जनधनको अपूरणीय क्षतिमा राहतस्वरूप उक्त सहयोग गरेको हो ।
बाढीबाट प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले राहत तथा पुनःस्थापनाका प्रयासमा आफ्नो साथ र सहयोग हुने इन्स्योरेन्सले जनाएको छ ।
“दुःखद् घटनामा ज्यान गुमाउनेहरूप्रति कम्पनीले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गर्दछौँ” कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij