Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अमेरिकाले इरानमाथि फेरि गर्‍यो हमला

अमेरिकाले इरानमाथि फेरि गर्‍यो हमला


  • 1.3K
    Shares

    अमेरिकाले इरानमाथि फेरि गर्‍यो हमला
    images

    काठमाडौं । अमेरिकी सेनाले इरानको लाराक द्वीपमा रहेका दुई सैन्य अखडालाई निशाना बनाएर हमला गरेको छ।

    अमेरिकी एक अधिकारीले यसको पुष्टि गरेको बीबीसीले लेखेको छ। जुलाईपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात हमला हो।

    बीबीसीका अमेरिकी साझेदार सीबीएस न्युजका अनुसार अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता कमान्डर टिम हकिन्सले इरानी रिभोलुसनरी गार्ड्स (आईआरजीसी)ले होर्मुज जलघाँटीमा समुद्री बारुदी सुरुङ राख्ने र रकेट प्रहार गर्ने तयारी गरिरहेको देखिएपछि कारबाही गरिएको बताएका छन्।

    आईआरजीसीले आइतबारको अमेरिकी हमलामा धेरै मानिस मारिएको र घाइते भएको जनाएको छ। उसले त्यसको जवाफमा ‘प्रतिशोधात्मक कारबाही र सजाय’ दिने चेतावनी पनि दिएको छ।

    त्यसपछि इरानी सरकारी सञ्चारमाध्यमले आईआरजीसीले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामाथि हमला गरेको दाबी गरेका छन्। यसबारे अमेरिकी सेन्ट्रल कमान्डको प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।

    आईआरजीसीको दाबीपछि जोर्डनको सेनाले आफ्नो वायु रक्षा प्रणालीले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका आठवटा क्षेप्यास्त्र खसालेको जनाएको छ।

    गत जुलाईको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियान रोक्ने घोषणा गरेका थिए। त्यसपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात सैन्य हमला हो।

    प्रकाशित मिति :भाद्र १५ २०८३ सोमवार - १०:३०:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij