Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

प्रधानमन्त्री ओलीको हत्या गरी ‘नाथुराम’ बन्न चाहने वैद्यलाई फैजदारी कसुरमा दण्ड : सूर्य थापा

प्रधानमन्त्री ओलीको हत्या गरी ‘नाथुराम’ बन्न चाहने वैद्यलाई फैजदारी कसुरमा दण्ड : सूर्य थापा


  • 6.7K
    Shares

    प्रधानमन्त्री ओलीको हत्या गरी ‘नाथुराम’ बन्न चाहने वैद्यलाई फैजदारी कसुरमा दण्ड :  सूर्य  थापा

    काठमाडौँ । एमाले नेता सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गरी ‘नाथुराम’  बन्न चाहने कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई फौजदारी कजुरमा दण्ड दिनुपर्ने बताएका छन् ।

    प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारसमेत रहेका थापाले ट्वीट गर्दै वैद्यको अपराधिक मनसायका साथ बोलेको मिसनवाला मिडियाले नसुनेको तथा देउवा, प्रचण्ड र उपेन्द्र मौन रहेको समेत उल्लेख गरेका छन् ।

    ‘नरोत्तम वैद्यले अपराधिक मनसायका साथ बोले । मिसनवाला मिडियाले सुनेनन्,देउवा प्रचण्ड माधव र उपेन्द्र मौन छन्,कसैले बोली फिर्ता लिन र आत्मालोचना गर भनिरहेका छन्,नवकाँग्रेस जमातले यसो भनेको पाइन्छ । प्रधानमन्त्रीको हत्या गरी नाथुराम बन्न चाहनेलाई फौजदारी कसुरमा नै दण्ड दिनुपर्छ,’ थापाले भनेका छन् ।

    काठमाडौं क्षेत्र नं. ४ क बाट कांग्रेसबाट निर्वाचित वैद्यले प्रधानमन्त्री ओलीले सत्ता बचाउन जे पनि गरिरहेकाले नेपाल बचाउन उनका लागि कोही नाथुराम गोड्से बन्न पर्ने बताएका थिए । अरू कोही नबने आफू गोड्से बन्न तयार रहेको पनि उनले बताएपछि एमालेवृत्तमा त्यसको चर्को आलोचना भइरहेको छ ।

    प्रकाशित मिति :जेठ २९ २०७८ शनिवार - ०९:४१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij