Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

तीन बर्षमा १८ पटक मन्त्री हेरफेर, कुन-कुन मुध्दामा को को मुछिएका छन् ?

तीन बर्षमा १८ पटक मन्त्री हेरफेर, कुन-कुन मुध्दामा को को मुछिएका छन् ?


  • 7.5K
    Shares

    तीन बर्षमा १८ पटक मन्त्री हेरफेर, कुन-कुन मुध्दामा को को मुछिएका छन्  ?

    पछिल्लो तीन बर्षको अबधिमा प्रधानमन्त्री ओलीको क्याबिनेटका सारथीहरु १८ पटक हेरफेर भएका छन् । ०७५ साल फागुन ३ गते प्रधानमन्त्रीको रुपमा सिंहदरबार प्रवेश गरेपछि आज गरिएको यो १८ औं हेरफेर हो ।

    अघिल्लो शुक्रवारमात्र १२ सदस्य थपेर मन्त्रिमण्डल बिस्तार गरेका ओलीविरुद्ध सर्वोच्चमा मुध्दा विचाराधीन छ । अधिवक्ता दिनेश त्रिपाठी र कञ्चनकृष्ण न्यौपानेले दायर गरेको रिटमा अस्ति मंगलबारमात्र न्यायाधीश ईश्वर खतिवडाको इजलाशले सरकारको नाममा कारण देखाऊ आदेश दिएको थियो । तर सर्वोच्चलाई जवाफ नदिई आदेश आएको पर्सिपल्ट अरु ८ सदस्य थपेर ओलीले आफ्नो क्याबिनेटलाई पूर्णता दिनुभएको हो ।

    आज महन्थ ठाकुरले अघिल्लो शुक्रवार नाम नपठाएका राजकिशोर यादव मन्त्रीमा थपिएका छन् । उनलाई यसअघि राजेन्द्र महतोले रोजेको मन्त्रालय दिइएको छ । राजकिशोर पनि सामेल भएसँगै यो सरकारमा दुई नम्बर प्रदेशबाट १४ अनुहार परेका छन् । २५ सदस्यीय क्याबिनेटमा प्रधानमन्त्री ओलीले अहिलेसम्म ६७ जनालाई मन्त्री बनाइसक्नुभएको छ । लालबाबु पण्डित,गोकर्ण बिष्टसहित धेरैलाई अपमानजनक ढंगबाट हटाइएको थियो। 

    यसअघिझैं आज भएको मन्त्रिपरिषद् विस्तारमा पनि काण्डवालाहरु समेटिएका छन् । त्यसैमध्येका हुन् नारदमुनी राना । रानामाथि मानवतस्करी मुद्दा सर्वोच्चमा विचाराधीन छ । उनीमाथि सांसद हुँदा आफ्नो रातो पासपोर्ट २२ लाखमा बिक्री गरेको अभियोग छ ।

    आफ्नै नागरिकता विवादमा मुछिएका र कुनै समय प्रधानमन्त्री ओलीलाई अश्लिल गाली गरेका राजेन्द्र महतो अहिले प्रधानमन्त्रीको विश्वासपात्र बनेका छन् । उनलाई उपप्रधानसहित शहरी विकास मन्त्रीको जिम्मेवारी दिइएको छ । उसो त मन्त्री भएलगत्तै उनको बहुल राष्ट्रवाला अभिव्यक्ति विवादास्पद बन्न पुगेको छ ।

    यस्तै सोही क्याबिनेटमा अर्को मन्त्री छन् अनिल झा । जो यसअघि मन्त्री हुँदा नै एउटा सरकारी कार्यालयको जग्गा व्यक्तिको नाममा पास गराएर विवादमा तानिएका थिए । पछि छानबिन आयोगले कारवाहीका लागि सिफारिस गरेका व्यक्ति हुन् उनी । उनलाई अहिले खानेपानी मन्त्री बनाइएको छ ।

    ०७६ सालमा सार्वजनिक बिराटनगर जुट मिल्स जाँचबुझ आयोगको प्रतिवेदनले उनलाई कारवाहीको लागि सिफारिस गरेको थियो । अघिल्लो पटक भौतिक पूर्वाधार मन्त्री हुँदा भ्रष्ट ठेकेदार र व्यापारीको स्वार्थअनुसार काम गरेका र परिणाममुखी काम गर्न नसकेर निकालिएका अर्बपति उपेन्द्र महतोका बहिनी ज्वाईं रघुवीर महासेठ सीधै उपप्रधानमन्त्रीमा बढुवा भएका छन् ।

    उनलाई भित्र्याउनुको कारणचाहिँ २ नम्बर प्रदेशमा आगामी चुनावमा राजेन्द्र महतो र विमलेन्द्र निधिलाई ‘काउन्टर’ दिनका लागि हो भन्ने बुझाई छ ।

    महिला मन्त्री बनेकी छन् चन्दा चौधरी । भारतीय दूतावासको भित्रिया भनेर चिनिन्छिन् । केहीअघि चन्दा चौधरी नाममा भारतीय दूतावासले छात्रवृत्ति कार्यक्रम नै राखेको थियो ।

    चौधरीको नाममा महोत्तरीको पिपरा गाउँपालिकाले भारतीय दूतावासको सहयोगमा इण्डो नेपाल महिला समाजमार्फत छात्रवृति दिइने गरी सूचना निकालेको थियो । केही समयअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल आएको बेला चौधरीले विशेष भूमिका खेलेकी थिइन् । ९९ मत ल्याएर उपमेयरमा पराजित रेणुका गुरुङ अहिले राज्यमन्त्रीको भूमिकामा छिन् । 

    प्रकाशित मिति :जेठ २८ २०७८ शुक्रवार - १५:०७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij