२०८२ माघ १२ गते सोमवार
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शनका क्रममा पक्राउ परेका १८ जना अभियन्तालाई रिहा गर्न बृहत नागरिक आन्दोलनले माग गरेको छ ।
सरकारले झापास्थित दुर्गा प्रसाईँको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेपछि बृहत नागरिक आन्दोलनको अगुवाइमा शुक्रबार बालुवाटार अगाडि प्रदर्शन गरिएको थियो । उनीहरूले निजी मेडिकल कलेजलाई सम्बन्धन नदिन सरकारसँग माग गरेका छन् ।
प्रदर्शनमा सहभागी खगेन्द्र संग्रौला, नारायण वाग्ले, सञ्जीव उप्रेती, अर्चना थापा, सरिता परियार, युग पाठक, रिता परियार, प्रणेता, भाष्कर गौतम, अनुभव अजित, घिमिरे युवराज, संगीत, भावना, रावत, निर्घ नवीन, शशिबिक्रम कार्की, शौरभ कार्की, शौभर न्यौपाने र अन्जानबाबुलाई प्रहरीले पक्राउ गरेको बृहत नागरिक आन्दोलनले जनाएको छ ।
जनस्वास्थ्यको पक्षमा उभिदा पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न बृहत नागरिक आन्दोलनले माग गरेको छ । उनीहरूलाई तत्काल रिहा नगरे आन्दोलनमा उत्रिने जनाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij