२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । सुनचाँदीको मुल्य फेरि बढेको छ । सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मुल्य तोलाको ९४ हजार ५०० रुपैयाँ कायम गरेको छ । बिहीबार तोलाको ९३ हजार ९०० रुपैयाँ थियो भने बुधबार ९४ हजार २०० थियो ।
यस्तै, तेजाबी सुनको मुल्य पनि तोलामा ६०० रुपैयाँले नै बढेर तोलाको ९४ हजार पुगेको महासंघले जनाएको छ ।
यसैगरी, चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । बिहीबार तोलाको १३ सय ५५ रुपैयाँ रहेको चाँदीको मुल्य शुक्रबार १३ सय ७० पुगेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij