Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने नेपाल पक्षका सांसदलाई बर्खास्त गर्ने एमालेको तयारी

माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने नेपाल पक्षका सांसदलाई बर्खास्त गर्ने एमालेको तयारी


  • 5.1K
    Shares

    माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने नेपाल पक्षका सांसदलाई बर्खास्त गर्ने एमालेको तयारी

    कैलाली । नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं माओवादी नेता त्रिलोचन भट्टलाई विश्वासको मत दिने माधवकुमार नेपाल पक्षका सांसदलाई बर्खास्त गर्ने तयारी गरेको छ।

    एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले मुख्यमन्त्रीलाई कारबाही गर्ने बताउँदै पहिले समेत स्पष्टीकरण सोधेकाले अब बर्खास्त गर्ने तयारी भएको जानकारी दिए। उनले पत्र तयार भइरहेकाले आजै बर्खास्त गर्ने जानकारी प्रदेश सभालाई गराउने बताए।

    नेपाल समूहका १७ जना सांसदले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा मतदान गरेका थिए। एमालेको प्रदेश कमिटीले मुख्यमन्त्रीलाई मतदान नगर्न भनेपनि संसदीय दलले मत दिने निर्णय गरेको थियो।

    नेपाल समूहका अमरबहादुर साउद, अर्चना गहतराज,  कुलवीर चौधरी, कृष्णराज सुवेदी, चुनकुमारी चौधरी,  तारा लामा तामाङ, दीर्घ सोडारी, दुर्गाकुमारी कामी, पूर्णा जोशी, प्रकाशबहादुर शाह,  प्रकाश रावल, बलबहादुर सोडारी, मनाकुमारी साउद, माया भट्ट, लालबहादुर खड्का, सुशीला बुढाथोकी र हर्कबहादुर कुँवरले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएका थिए।

     

     

     

    यसैबीच, मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्रदान गर्न एमाले संसदीय दलले गरेको निर्णय ओली पक्षधर ७ जना सांसदले उल्लंघन गरेका छन्। सांसदहरु रतन थापा, नेपालु चौधरी, लीलाधर भट्ट, पठानसिंह बोहरा, माया तामाङ, बलदेव रेग्मी र ग्याल्बोसिंह बोहराले विपक्षमा मतदान गरेको प्रमुख सचेतक दुर्गाकुमारी कामीले बताइन्।

    सभामुखसहित ५२ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री भट्टले ३० मत प्राप्त गरेका छन्। जसपाका २ सांसदले विपक्षमा मतदान गरेका थिए भने नेपाली कांग्रेसका १२ सांसद तटस्थ बसेका थिए। सुदूरपश्चिमा माओवादीका १३ सांसद छन्। 

    प्रकाशित मिति :जेठ २५ २०७८ मंगलवार - १६:४१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij