Logo

२०८३ श्रावण १६ गते शनिवार

२०८३ श्रावण १६ गते शनिवार

सुनसरी घटना : न्यूरो अस्पतालबाट उठाइयो ओमप्रकाश र जयप्रकाशको शव

सुनसरी घटना : न्यूरो अस्पतालबाट उठाइयो ओमप्रकाश र जयप्रकाशको शव


  • 1.2K
    Shares

    • images
    सुनसरी घटना : न्यूरो अस्पतालबाट उठाइयो ओमप्रकाश र जयप्रकाशको शव
    images

    काठमाडौं । सुनसरीको  देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागि मृत्यु भएका स्थानीय ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव अन्ततः अस्पतालबाट उठाइएको छ। पीडित परिवार र सरकार पक्षबीच आज बिहान ७ बुँदे सहमति भएपछि आफन्तहरू शव बुझ्न तयार भएका हुन्।

    आइतबार राति भएको उक्त घटनापछि मृतकद्वयको शव विराटनगरस्थित न्यूरो अस्पतालमा राखिएको थियो। सहमति जुटेसँगै दुवै शवलाई अस्पतालबाट निकालिएको प्रहरीले जनाएको छ। अस्पतालबाट निकालिएका शवहरूलाई कानुनी प्रक्रिया र पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ। प्रहरीका अनुसार पोस्टमार्टम सम्पन्न भएलगत्तै शवहरू औपचारिक रूपमा आफन्तको जिम्मा लगाइने छ र देवानगञ्जमा अन्तिम संस्कार गरिनेछ।

    प्रहरीको गोलीबारीमा दुई स्थानीयको ज्यान गएपछि देवानगञ्ज र आसपासको क्षेत्रमा तनाव उत्पन्न भएको थियो। स्थिति नियन्त्रणमा लिन र पीडित पक्षलाई न्याय दिलाउन सरकारी टोली र मृतकका परिवारबीच आज सघन वार्ता भएको थियो। 

    images
    प्रकाशित मिति :श्रावण १५ २०८३ शुक्रवार - १७:३९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij