Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

एनआईसी एशिया बैंकद्वारा नेपाल पे कार्ड अक्वायरिङ्ग सुरु

एनआईसी एशिया बैंकद्वारा नेपाल पे कार्ड अक्वायरिङ्ग सुरु


  • 1.2K
    Shares

    • images
    एनआईसी एशिया बैंकद्वारा नेपाल पे कार्ड अक्वायरिङ्ग सुरु
    images

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो डिजिटल बैंकिङ सेवालाई अझ सुदृढ बनाउँदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) मार्फत नेपालपे कार्ड अक्वायरिङ्ग सेवा सुरु गरेको छ । 

    यससँगै अब बैंकले आफ्नो ग्राहकहरुका लागि नेपालेपे कार्ड अक्वायर गर्न सक्नेछ । त्यस्तै डिस्कभर नेटवर्क अन्तर्गतको रुपैयाँ कार्ड लगायत अन्य अन्तर्राष्ट्रिय कार्डहरु पनि अब बैंकको एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिनेछ । बैंकले हाल नेपालपे लगायत विभिन्न कार्ड स्कीमहरु मार्फत डिजिटल सेवा प्रदान गर्दै आइरहेकोमा, बैंकको यस पहलले नेशनल कार्डको प्रवद्र्धन गर्नुका साथै डिजिटल रुपान्तरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    नेपालपे कार्ड नेशनल पेमेन्ट स्विच अन्तर्गत सञ्चालनमा आएको नेशनल कार्ड स्कीम हो । यो कार्ड नेपालमा नेशनल पेमेन्ट स्विच मार्फत र अन्तर्राष्ट्रिय भुक्तानी पार्टनर डिस्कभर नेटवर्क मार्फत विश्वव्यापी रुपमा प्रयोग गर्न सकिन्छ । 

    नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपालपे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ । साथै अन्तर्राष्ट्रिय डिस्कभर कार्ड तथा डिस्कभर पार्टनर कार्डहरु पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ ।

    हालसम्म नेपालपे कार्डको लागि ३६ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरु आवद्ध भई सकेका छन् र कार्यान्वयनको विभिन्न चरणमा रहेका छन् । हाल ७ वटा बैंक तथा वित्तीय संस्थाहरुले नेपालपे कार्ड इस्यू गर्न शुरु गरिसकेको छ भने अन्य ११ वटा बैंक तथा वित्तीय संस्थाहरुले अक्वायरिङ्ग पनि गर्दै आइरहेका छन् र, आगामी दिनहरुमा यसको संख्या थप वृद्धि हुँदै जाने अपेक्षा गरिएको छ ।

     

    images
    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - १५:५५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij