Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

आफूहरुविरुद्ध दुष्प्रचार भएको भन्दै भुसालको कटाक्ष – धेरै सपेराहरू सर्पबाटै टोकिएका छन्

आफूहरुविरुद्ध दुष्प्रचार भएको भन्दै भुसालको कटाक्ष – धेरै सपेराहरू सर्पबाटै टोकिएका छन्


  • 6.4K
    Shares

    आफूहरुविरुद्ध दुष्प्रचार भएको भन्दै भुसालको कटाक्ष – धेरै सपेराहरू सर्पबाटै टोकिएका छन्

    काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले आफूहरू विरुद्ध अनर्गल प्रचार भएको दुःखेसो पोखेका छन् ।

    एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको टिप्पणी गरेका हुन् । 

    “फेरि हाम्राविरुद्ध अनर्गल प्रचार सुरु भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ,” भुसालले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “पञ्चायतकालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रूपमा स्थापित भयो । पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन । त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु ।”

    आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन रु भन्दै उनले प्रश्न गरेका छन् र  परिणाम पनि त्यस्तै हुने त होइन भन्ने आशंका व्यक्त पनि गरेका छन् । “धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका छन्,” उनको टिप्पणी छ ।

    प्रकाशित मिति :जेठ २४ २०७८ सोमवार - १६:२२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij