Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

कर्णाली प्रदेशसभा अवरुद्ध, फौजदारी अभियोग लागेका मन्त्री थापाको राजीनामा माग

कर्णाली प्रदेशसभा अवरुद्ध, फौजदारी अभियोग लागेका मन्त्री थापाको राजीनामा माग


  • 5.6K
    Shares

    कर्णाली प्रदेशसभा अवरुद्ध, फौजदारी अभियोग लागेका मन्त्री थापाको राजीनामा माग

    नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले नैतिक पतन भएको अभियोग लागेका मन्त्री अम्मर बहादुर थापाको राजीनामा माग गरेका छन् ।

    कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा सोमबार सदन शुरू हुनासाथ बोल्दै नेता यामलाल कँडेलले नैतिक पतन भएका व्यक्तिलाई अहिलेसम्म सरकारले किन संरक्षण गरेर राखेको ? भन्दै प्रश्न गरे ।

    उनले भौतिक पूर्वाधार विकास मन्त्री अम्मर थापालाई तत्काल बर्खास्त गरेर सदन चलाउने वातावरण निर्माण गर्न अनुरोध गरेका गरे । उनले सो माग गरेसँगै एमालेले संसद अवरुद्ध गरेको छ । 

    एमालेले सदन अवरुद्ध गरेपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि सदन स्थगित गरेका छन् । ‘कुनै पनि व्यक्तिले राजनितिक निर्णय लिन पाइन्छ, अपराध गर्न पाइँदैन । नैतिक पतन भएको व्यक्ति मन्त्री भएको राम्रो हैन । जबसम्म यो स्थिति रहिरहन्छ तबसम्म अधिवेशन चल्न सक्दैन’, कँडेलले भने । 

    प्रकाशित मिति :जेठ २४ २०७८ सोमवार - १६:०२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij