Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

कांग्रेस र माओवादीलाई सरकारमा लैजाने मुख्यमन्त्री राउतको योजना, आजै हुनसक्छ पुनर्गठन

कांग्रेस र माओवादीलाई सरकारमा लैजाने मुख्यमन्त्री राउतको योजना, आजै हुनसक्छ पुनर्गठन


  • 5.7K
    Shares

    कांग्रेस र माओवादीलाई सरकारमा लैजाने मुख्यमन्त्री राउतको योजना, आजै हुनसक्छ पुनर्गठन

    प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सहभागी गराएर मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी थालेका छन्। मन्त्रिमण्डलमा एक मन्त्री र केही राज्यमन्त्रीलाई आजै सहभागी गराएर पुनर्गठन गर्ने तयारी गरिएको हो। 

    जसपाको महन्थ–राजेन्द्र पक्षका एक मन्त्री सहित ३ राज्यमन्त्रीलाई बर्खास्त गरेपछि  मुख्यमन्त्री राउत कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएर मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारीमा जुटेका हुन्। एक मन्त्रीका अनुसार आजै साँझमा एक मन्त्री र केही राज्यमन्त्रीहरुको सपथ ग्रहण हुनसक्छ। 

    मन्त्रिमण्डलमा दुवै दललाई समावेश गराउनका लागि कार्यदल बनाएरै छलफललाई तीव्रता दिइएको छ। कार्यदलमा मुख्यमन्त्री लालबाबु राउत, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साह रहेका छन्।  

    यता, कांग्रेसका तर्फबाट संसदीय दलका नेता रामसरोज यादवलाई सम्पूर्ण जिम्मेवारी दिइए पनि कार्यदलमा सचेतक उपेन्द्र कुश्वाहा, शिवचन्द्र चौधरी र वीरेन्द्र सिंह रहेका छन्। श्रोतका अनुसार कांग्रेसको तर्फबाट रामसरोज यादवलाई आजै सरकारमा पठाउने सम्भावना बलियो छ।

    यादवलाई खाली रहेको भौतिक पूर्वधार तथा विकास मन्त्रालयको जिम्मा दिइने श्रोतले बताएको छ। प्रदेशसभा बैठक सम्पन्न भए लगत्तै मन्त्रिमण्डल पुनर्गठन र सपथ ग्रहण गराउने तयारी गरिएको श्रोतले जनाएको छ। 

    प्रदेश २ को नीति तथा कार्यक्रम र बजेट आएपछि मन्त्रिमण्डल बिस्तार गर्ने तयारी मुख्यमन्त्री राउतको छ।   

    यता माओवादी केन्द्रसँग समेत छलफल अगाडि बढाइए पनि सरकारमा कुनकुन मन्त्रालय दिने विषयमा खासै कुरो अगाडि बढ्न नसकेको संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए। 

    यद्यपि, नेपाली कांग्रेस र माओवादी केन्द्र लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको एक मन्त्रीले बताए।

    प्रकाशित मिति :जेठ २४ २०७८ सोमवार - १५:३२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij