२०८२ माघ १४ गते बुधवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार साँझका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे मन्त्रिपरिषद् बैठक राखिएको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।
जसपाका ८ र एमालेका २ मन्त्रीलाई थपेर ओलीले शुक्रवार मन्त्रिपरिषद् विस्तार गरेका थिए । नयाँ मन्त्रीलाई निर्देशनसहित केही निर्णय लिन मन्त्रिपरिषद्को बैठक राखिएको स्रोतले बतायो ।
यसैबीच, प्रधानमन्त्री ओलीले बाँकी रहेका ७ मन्त्रालयमा पनि नयाँ मन्त्री थप गर्ने तयारी गरेका छन् । गृह, सञ्चारसहित ७ मन्त्रालयमा आज–भोलिमै मन्त्री नियुक्त गर्ने गरी छलफल चलिरहेको स्रोतले बतायो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij