Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन हुने

सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन हुने


  • 1.2K
    Shares

    सोमबार नागढुंगा सुरुङमार्गको  उद्घाटन हुने
    images

    काठमाडौं । सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन गरिने भएको छ । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेले सोमबार सुरुङमार्गको उद्घाटनको तयारी भएको जानकारी दिएका छन् ।

    उद्घाटन कार्यक्रममा विभागीय मन्त्री, मन्त्रालयका सचिव, जाइकाका अध्यक्ष (प्रेसिडेन्ट) र नेपालका लागि जापानी राजदूतलगायतको विशेष उपस्थिति रहनेछ । सडक विभागका अन्य उच्च अधिकारीहरू पनि उक्त कार्यक्रममा सहभागी हुनेछन् । यद्यपि, उक्त उद्घाटन कार्यक्रममा प्रधानमन्त्री भने उपस्थित नहुने सभएका छन् ।

    उद्घाटनलगत्तै सुरुङमार्गबाट सबै सवारीसाधन भने नियमित रूपमा गुड्न पाउने छैनन् ।  प्रवक्ता न्यौपानेले भने,  ‘उद्घाटनपछि केही सवारीसाधनहरू चल्न सुरु हुनेछन्, तर सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन भने अझै केही समय लाग्नेछ ।’

    आयोजनाले कार्यक्रमलाई सामान्य रूपमै उद्घाटन गर्ने तयारी गरेको बुझिएको छ । नागढुंगा टनेल आयोजनाले यसको आवश्यक तयारी गरिरहेको विभागले जनाएको छ ।

     

    प्रकाशित मिति :श्रावण ७ २०८३ बिहिवार - १७:०४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij