२०८२ माघ १४ गते बुधवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिकै संरचना फर्काउने घोषणा गरेलगत्तै आफ्नै समूहमा दबाबमा परेका नेता माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् ।
एक व्यवसायीको कोटेश्वरस्थित घरमा प्रचण्ड र माधव नेपालबीच अबको रणनीतिका बारेमा छलफल चलिरहेको स्रोतले जनाएको छ । माधव नेपालले ओलीले फेरि पनि जालझेल गर्ने भन्दै त्यसमा नफस्ने आफूनिकट नेताहरूलाई बताएका छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आइतवार राति पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अपिल जारी गरेका थिए । ओलीले माधव नेपाल पक्षको माग बमोजिम पार्टीलाई जेठ २ मा फर्काउने र माधव पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिनुपर्ने बताएका छन् ।
आफूनिकट नेताहरुको बैठक बस्नुअघि प्रचण्डसँग आज पनि छलफल गरेका हुन् । प्रचण्ड र माधव नेपाल विगत एक वर्षदेखि नै ओलीविरुद्ध एक ठाउँमा छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij