Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जानकी मन्दिरमा हर्क साम्पाङको स्वागत गर्न पुगेका कार्यकर्ता लखेटिए

जानकी मन्दिरमा हर्क साम्पाङको स्वागत गर्न पुगेका कार्यकर्ता लखेटिए


  • 1.1K
    Shares

    जानकी मन्दिरमा हर्क साम्पाङको स्वागत गर्न पुगेका कार्यकर्ता लखेटिए
    images

    काठमाडौं । जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङको स्वागतका लागि पुगेका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेको दाबी गरिएको छ।

    साम्पाङ मंगलबार जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम आउने कार्यक्रम तय भएको थियो। सोही क्रममा उनलाई स्वागत गर्न पुगेका पार्टीका नेता तथा कार्यकर्तामाथि अवरोध गरिएको बताइएको छ।

    हिन्दु सम्राट सेनाले यसअघि साम्पाङले गाईसम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर विरोध जनाउँदै उनलाई जनकपुरमा निषेध गर्ने चेतावनी दिएको थियो।

    घटनापछि हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफूविरुद्ध धार्मिक विषयलाई लिएर राजनीति गर्न खोजिएको आरोप लगाएका छन्। उनले ‘गाई कसले खाएको रहेछ ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें’ भन्दै प्रश्न गरेका छन्।

    यसअघि पनि साम्पाङले जनकपुरमा विवाद भएको र गृहमन्त्रीसँग सम्पर्क हुन नसकेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए। उनले आफ्ना कार्यकर्तालाई संयमित रहन आग्रह गरेका छन्।

    केही समय अघिमात्र साम्पाङले सामाजिक सञ्जालमार्फत  लेखेका छन्, जानकी मनदीर परिषरमा हाम्रा श्रमदाताहरुलाई दुर्व्यवहार भएछ ? त्यसैले मनदीर दर्शन गर्न नसक्ने भैयो आज ? कुनै दिन जानकी दर्शन दिनुहोला ! I am hopeful. 

    साम्पाङले आज मन्दिर दर्शन गर्न नसक्ने बताएका छन् । 

     

    h1.JPG

     

     

     

    प्रकाशित मिति :श्रावण ५ २०८३ मंगलवार - १३:३१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij