२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३\८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले सम्बन्धित मन्त्रालयका सचिवहरूसँग छलफल सुरु गरेका छन्।
अर्थ मन्त्रालयको सुवर्ण हलमा भइरहेको बैठकमा बजेट कार्यान्वयनसँग प्रत्यक्ष सम्बन्धित प्रमुख मन्त्रालयका सचिव तथा प्रतिनिधिहरू सहभागी छन्। अर्थमन्त्री वाग्लेको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। गुणाकर भट्ट, अर्थसचिव डा। घनश्याम उपाध्याय तथा पूर्वाधार, उद्योग-वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला, बालबालिका, गृह र रक्षा मन्त्रालयका सचिव एवं प्रतिनिधिहरूको सहभागिता रहेको छ।
बैठकमा आर्थिक वर्ष २०८३\८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी, समन्वयात्मक र नतिजामुखी बनाउने विषयमा छलफल भइरहेको अर्थ मन्त्रालयले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij