२०८२ माघ १४ गते बुधवार
काठमाडौं । चुरे दोहन विरुद्ध प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका नौजना नेता तथा कार्यकर्ताहरु गोंगबुबाट पक्राउ परेका छन् ।

सरकारले ल्याएको चुरे नीति गलत भएको भन्दै त्यसविरुद्ध प्रदर्शन गरिरहेका नेविसंघका नेता तथा कार्यकर्तालाई प्रहरीले गोंगबु चोकबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेविसंघका महामन्त्री दीपक भट्टराईसहित परोपकार अधिकारी, किशोर गुरुङ, धर्मराज शाही , सुमन थापा मगर, दीपेन्द्र ढकाल, हिक्मत शाही, सुदर्शन पनेरू रहेका छन् । चुरे दोहन, बहुल राष्ट्रिय राज्य र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरेको संघका महामन्त्री दीपक भट्टराईले बताए ।

उनले भने, ‘ ‘चुरेको गिट्टी, प्रभूलाई भेटी’, ‘चुरे बचाऔं, संस्कृति जोगाऔं’ लगायतको पम्प्लेट देखाएर प्रदर्शन गर्दा प्रहरीले हामीलाई पक्राउ गर्यो ।’ उनीहरुलाई अहिले चक्रपथस्थित पहरी चौकीमा राखिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij