Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

सञ्चारगृह र भाटभटेनी बाहिर शंकास्पद गाडी राखिएपछि सुरक्षा निकाय सतर्क, गाडी क्रेनद्वारा नियन्त्रणमा

सञ्चारगृह र भाटभटेनी बाहिर शंकास्पद गाडी राखिएपछि सुरक्षा निकाय सतर्क, गाडी क्रेनद्वारा नियन्त्रणमा


  • 1.2K
    Shares

    • images
    सञ्चारगृह र भाटभटेनी बाहिर शंकास्पद गाडी राखिएपछि सुरक्षा निकाय सतर्क, गाडी क्रेनद्वारा नियन्त्रणमा
    images

    काठमाडौं । काठमाडौंका विभिन्न प्रतिष्ठित सञ्चारगृह तथा भाटभटेनी सुपरमार्केट बाहिर सोमबार बिहान शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएपछि सुरक्षा निकायले उच्च सतर्कता अपनाएको छ।

    प्राप्त जानकारीअनुसार तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटबाहिर गाडीहरू बेवारिसे अवस्थामा राखिएका छन्। गाडीहरू कार्यालयभित्र जान-आउन नमिल्ने गरी गेटमै अड्याएर छाडिएका कारण सञ्चारकर्मीहरूको आवतजावतमा ठूलो समस्या भएको छ।

    यसैबीच, कान्तिपुर पब्लिकेशनको गेटअगाडि शंकास्पद रूपमा पार्किङ गरिएको गाडीलाई प्रहरीले क्रेन प्रयोग गरेर हटाएको छ। यस्तै, अनामनगरस्थित भाटभटेनी सुपरमार्केट अगाडि बिहान करिब ७ बजेदेखि चाबी नलगाई राखिएको अर्को गाडीको बारेमा पनि प्रहरीले विशेष अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय काठमाडौंका अनुसार शंकास्पद रूपमा पार्किङ गरिएका यी गाडीका धनीहरूको पहिचान र खोजी कार्य तीव्र पारिएको छ।

    पत्रकार महासंघद्वारा आपत्ति र कारबाहीको मागसञ्चारगृहको गेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरी प्रेसको स्वतन्त्रता र पत्रकारको आवतजावतमा अवरोध सिर्जना गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ। महासंघले एक विज्ञप्ति जारी गर्दै तत्काल सबै अवरोधहरू हटाउन, सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न तथा यस शंकास्पद घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।  

    images
    प्रकाशित मिति :आषाढ २९ २०८३ सोमवार - १४:०५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij