Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

महामन्त्री पौडेलले टिचिङ अस्पताल पुगेर भेटे माजिद अन्सारी

महामन्त्री पौडेलले टिचिङ अस्पताल पुगेर भेटे माजिद अन्सारी


  • 813
    Shares

    महामन्त्री पौडेलले टिचिङ अस्पताल पुगेर भेटे माजिद अन्सारी
    images

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर जेनजी अभियान्ता माजिद अन्सारीलाई भेटेका छन् । 

    कीर्तिपुरमा सुकुमबासीहरूलाई राखिएको होल्डिङ सेन्टर जलमग्न भएपछि त्यहाँ पुगेका अन्सारीसहितका जेनजी अभियन्ताहरू र प्रहरीबिच धक्कामुक्की भएको थियो ।

    त्यो क्रममा प्रहरीको लाठी प्रहारबाट अन्सारी घाइते भएर अहिले टिचिङ अस्पतालमा उपचार गरिरहेका छन् ।  त्यही अस्पतालमा अन्सारीलाई भेट्न पौडेल पुगेका हुन् । पौडेलले आफू अस्पताल पुगेर अन्सारीलाई भेटेको जानकारी दिएका छन् । पौडेलले अन्सारी भुईँ मान्छेका प्रश्न दमन गर्ने रवैयाको सिकार भएको बताएका छन् ।  

    प्रकाशित मिति :आषाढ २८ २०८३ आइतवार - १७:०८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij