Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सरकारी भुक्तानी ह्वात्तै बढ्दा देशैभर 'सूत्र' प्रणालीमा समस्या

सरकारी भुक्तानी ह्वात्तै बढ्दा देशैभर 'सूत्र' प्रणालीमा समस्या


  • 1.5K
    Shares

    सरकारी भुक्तानी ह्वात्तै बढ्दा देशैभर 'सूत्र' प्रणालीमा समस्या
    images

    काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम साता प्रवेश गर्नै लाग्दा सरकारले भुक्तानीको गति ह्वात्तै बढाएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार बुधबार मात्रै एकैदिन १७ अर्ब ९ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ।

    कानुनी व्यवस्था अनुसार आज असार २५ गतेभित्रै भुक्तानीको चेक काटिसक्नुपर्ने भएकाले भुक्तानी प्रणालीमा अत्यधिक चाप परेको छ। अन्तिम समयमा भुक्तानीको चाप बढ्दा देशभरिका स्थानीय तहले प्रयोग गर्ने सूत्र प्रणालीमा प्राविधिक समस्या देखिएको छ। 

    महालेखा नियन्त्रक कार्यालयका अनुसार मंगलबारसम्म १५ खर्ब १४ अर्ब ८७ करोड रुपैयाँ रहेको कुल बजेट खर्च बुधबारसम्म आइपुग्दा १५ खर्ब ३१ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। कुल १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेटमध्ये यो खर्च करिब ७८ प्रतिशत हो। यस वर्ष पनि सरकारको विकास (पुँजीगत) खर्च भने निकै कमजोर देखिएको छ।

    ४ खर्ब ७ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने सरकारको लक्ष्य रहे पनि बुधबारसम्म मात्र १ खर्ब ६३ अर्ब १७ करोड रुपैयाँ (लक्ष्यको ४० प्रतिशत) मात्र खर्च हुन सकेको छ। त्यस्तै, राजस्व सङ्कलनतर्फ पनि १४ खर्ब ८० अर्ब रुपैयाँको वार्षिक लक्ष्य राखिएकोमा बुधबारसम्म ११ खर्ब ५६ अर्ब रुपैयाँ (लक्ष्यको ७८.१५ प्रतिशत) मात्र सङ्कलन भएको छ।

    प्रकाशित मिति :आषाढ २५ २०८३ बिहिवार - १४:३५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij